काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि आन्दोलनकारीहरूको प्रस्तावअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीय मात्रै बनाउने तयारी गरेकी छन् ।
बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा कार्कीले भनेकी छन्, ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने ।’
मन्त्रालयको जिम्मेवारी कसको के क्षमता छ...