साँफेबगर नगरपालिकाले नदीजन्य पदार्थ बिक्री बितरणको लागी ठेक्का आह्वान गरेको छ ।
आर्थिक बर्ष २०८०–८१ को लागि सोमबार दोस्रो पटक सुचना जारी गरी बोलपत्र आह्वान गरेको हो । नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र भएर बग्ने आई.इ.इ. गरेका र घाटगदी तोकिएका नदि खोलाहरुबाट ढुंगा, गिट्टी, बालुवा, ग्राभेल, भरान –माटो) आदी विक्रि वितरणका लागि ४० लाख ७६ हजार ९०२ रुपिया ६५ पैसाको शिलबन्दी बोलपत्र पेश गर्न सूचना प्रकाशित गरेको छ । जसका लागि भ्याट सहित रकमको ५ प्रतिशत धरौटी रकम कायम गरिएको छ ।