ad

आर्थिक लेनदेनमा ठेकेदारको बदमासी ः ३३ करोडका १२ योजना ६ महिना देखि अलपत्र््

साँफेबगर- सघन शहरी विकास तथा भवन निर्माण कार्यालय राजपुर डोटी अन्र्तगत आर्थिक वर्ष २०८१÷८२ मा साँफेबगर नगरपालिकाका विभिन्न ठाउँमा निर्माण हुन लागेका १२ योजना ६ महिनादेखि अलपत्र परेका छन् । 

सघन सहरी विकास कार्यक्रम अन्तर्गत एयरपोर्ट बजार सडक कालोपत्रे, छिपेखोला सडक कालोपत्रे, नगर प्रमुख तथा उपप्रमुख आवास निर्माण, सरमखेल्ने पार्क निर्माण, बयालपाटा पार्क निर्माण, बैद्यनाथधाम सडक मर्मत, ठाँटी बजार भित्री सडक निर्माण, तारेकुना कम्प्लेक्स भवन, घुघुरकोट वडा कार्यालयदेखि दरबार जाने सडक निर्माण, हाटबजार खोला ब्यवस्थापन, पुलबजार सडक कालोपात्रे, लामाखेत डोप्का नाली निर्माण) गरी विभिन्न शिर्षकमा निर्माण योजनाहरु छुट्याईएका छन् ।

सघन शहरी कार्यक्रमको एउटै प्याकेजमा दर्जनौँ कामको जिम्मा पाएकोे निर्माण कम्पनी सिनर्जी÷धुर्बतारा जे.भी र पेटी ठेकेदार कम्पनी लाङ्टाङ कन्स्ट्रक्सन प्रा.लि. बीच आर्थिक लेनदेनमा किचलो हुँदा निर्माणको काम ठप्प भएको हो ।

१० वटा याेजना निर्माणकाे काम सुस्त गतिमा अघि बढेकाे भए पनि बैधनाथधाम सडक निर्माणकाे काम भने जग्गा बिबादका कारण हालसम्म सुरु हुन सकेकाे छैन । 

शहरी विकास तथा भवन निर्माण कार्यालय राजपुर डोटीसँग २०८१ कार्तिक १५ मा ६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको सिनर्जी÷धुर्बतारा जे.भी निर्माण कम्पनीले काम गर्न लाङ्टाङ कन्स्ट्रक्सन प्रा.लि. लाई जिम्मा दिएको थियो ।

पेटीमा काम गरिरहेका लाङ्टाङ कन्स्ट्रक्सन प्रा.लि. का प्रतिनिधि शन्तोष गुरुङले आफुले मापदण्ड अनुसारको काम गरी १८ महिनाको सम्झौता हुनुपर्ने ठेक्का सम्झौतामा ढिलाई भएकाे थियाे ।

६ महिना भित्र अर्थात २०८२ बैशाख १५ गते भित्र सम्पन्न गर्ने योजनाको करिब ५१ प्रतिशत काम सम्पन्न भएको र आफुले कामदारलाई दिने पैसा नपाउँदा काम अगाडी नबढाएको गुरुङले बताए ।

सिनर्जी÷धुर्बतारा जे.भी निर्माण कम्पनीले सो योजनाको बिल उठाएर करिब १४ करोड ६४ लाख बराबरको भुक्तानी लिएर अन्य योजनाको काममा प्रयोग गरेको र मैले पाउनुपर्ने करिब १ करोड ७४ लाख रकम नदिदा काम गर्न नसकेको उनले भने ।

शहरी विकास तथा भवन कार्यालय डोटीले पनि ठेकेदारको चरम लापरबाही भएको बताएको छ । निर्माण कम्पनीलाई काममा ढिलासुस्ती किन भईरहेको छ भन्दा विभिन्न बहाना देखाई एक वर्ष म्याद थपका लागि चिठी पठाएको शहरी विकास तथा भवन निर्माण कार्यालय डोटीका आयोजना प्रमुख राम आशिष दासले बताए । हामीले चिठ्ठी स्वीकृतका लागि विभागमा पठाईएको छ, स्वीकृत हुन्छ या हुदैन त्यो विभागले गर्ने कुरा हो, यस कार्यालयबाट गरिने कार्वाही भनेको १० प्रतिशत जरिवाना गरिने हो त्यो हामीले गर्नेछु, उहाँले भन्नुभयो ।

कामको जिम्मा लिएको पेटि ठेकेदार लाङ्टाङ कन्स्ट्रक्सन प्रा.लि. का प्रतिनिधि शन्तोस गुरुङले अहिले सम्म भुक्तानी नपाउँदा चुपचाप किन बसेको कार्यालयसँग समयमै आएर बुझेको भए समाधानको बाटोमा लागिने थियो यो उनको कमजोरी भएको आयोजना प्रमुख दास भने ।

यता ठेक्का स्वीकृत भएको निर्माण कम्पनी सिनर्जि/धुर्वतारा जे.भि का प्रतिनिधि ध्रुव कुँवरले बजेट अभाबकाे कारणले पेटि ठेकेदार काम गर्न छाेडेर सम्पर्कमा नअाएकाे र ठेक्का सम्झाैताकाे म्याद सकिएकाेले १ बर्ष म्याद थप गरि तुरुन्तै काम सुरु गर्ने बताएका छन् । 

साँफेबगर नगरपालिका एयरपोर्ट बजार व्यवस्थापन समिति अध्यक्ष राम बहादुर कुवरले भने "आधुनिक नयाँ सहरहरूको विकास तथा निर्माण गर्ने सोचअनुसार सघन सहरी विकास कार्यक्रम अन्तर्गत विभिन्न शिर्षक बजेट विनियोजनमा मात्र सीमित देखिएका छन् । यसका उद्देश्य हेर्ने हो भने साह्रै लोभलाग्दा र आसलाग्दा छन्"  तर विकासकाे गति शुन्यमा छ । साँफेबगर नगरपालिकाले विकास प्रतिकाे चासाे नदिदा शुन्दर नगर कुरुप बन्दै गएकाे उनले दुखेसाे पाेखे ।

सघन शहरीको लोभलाग्दो निती
ग्रामीण बस्तीमा आधुनिक सहरी सुविधा विस्तार गरी सघन र सुविधा सम्पन्न बस्तीमा रूपान्तरण संगै आर्थिक तथा सामाजिक सम्बन्ध स्थापित गर्ने, बढ्दो जनसङ्ख्या र बसाइँसराइका कारणले नेपालमा बढ्दै गएको अव्यवस्थित सहरीकरणलाई व्यवस्थित बनाई स्वच्छ, हराभरा र बस्न लायक सहर निर्माण गर्ने उदेश्यले सरकारले ल्याएको नीति तथा कार्यक्रमको काम अलपत्र छन् ।

ad

धेरै पढिएका