ad

दुहुनो गाई ‘बुढीगंगा’

अछामको बुढीगंगा नदी दुहुनो गाई जस्तै बन्दै गएको छ । बाजुरा जिल्ला हुदै अछाम भएर बग्ने बुढीगंगा नदी पछिल्लो समय यस क्षेत्रका नागरिकहरुका लागि दुहुनो गाई जस्तै भएको हो । गाईले दूध दिदा सम्म स्याहारसुसार र माया पाउने गाईले दूध दिन छोडे घाँसै नपाउने जस्तो अवस्थामा बुढीगंगा भएको छ ।  

बेरोजगारी देशको मुख्य समस्या हो । तसर्थ ः बेरोजगारीले निम्त्याएको समस्या समाधानका लागि मान्छे केहि न केहि विकल्प खोज्ने गर्छ ।
बुढीगंगा नदी तथा छिपेखोलामा दैनिक सैयौ जनाले ढुंगा, गिट्टी, बालुवा चाल्ने गरेका छन् । त्यी नागरिकहरुको आफ्नो दैनिक गुजारा चलाउन तेसैबाट कमाई गर्ने गरेको पाईन्छ । 

धेरैजसो व्यक्तिहरुले ढुंगा र गिट्टी संकलन गरी ठुलाठुला घर समेत निर्माण गरिसकेका छन् । यसरी नदीमा दिनभरी काम गर्नु त्यी नागरिककहरुको दैनिकी बनिसकेको छ । 

दैनिक काम गरी महिनामा करिब २५ हजार सम्मका ढुंगा, गिट्टी बेच्ने गरेको त्यो क्षेत्रमा काम गरिराखेकी मय नेपाली बताउछिन् । वर्षायाममा नदीमा काम गर्न गाह्रो हुने भएकाले दुई महिना आर्थिक समस्या हुने गरेको उनले बताईन् । यसरी खोलामा उत्पादीत बस्तु बेचेर मनग्य आम्दानी गर्ने यहाँ धेरै छन् । 

कतिपयको आम्दानीको श्रोत यसरी नै भईरहेको छ भने, कतिपयले प्रदेश तथा संघका योजना ल्याएर आफ्नो आम्दानीको श्रोत बनाएका छन् ।
प्रदेश तथा संघीय सरकारका मन्त्री तथा कर्मचारीहरुलाई कमिशन तिरी बुढीगंगा नदी नियन्त्रणका लागि योजना हाल्न लगाई काम गर्ने गरेको पाईन्छ ।

प्रदेश तथा संघीय सरकारबाट अहिलेसम्म कमिशन तिरेर ल्याएका योजनाहरुमा २० प्रतिशत पनि काम भएको देखिदैनन् । यसरी कमिशनबाट ल्याएका योजनाले आफ्नो दुनो सोझ्याउनु बाहेक अरु केही हुदैन । 

वर्षैपिच्छे बुढीगंगा नदीले क्षती पु¥याएको ठाउँमा नदी नियन्त्रण भनेर बजेट शीर्षक देखिन्छन् । ती योजनाहरुपनि आर्थिक वर्षको असार १५ गतेबाट काम सुरु गरी २५ गतेभित्र काम सम्पन्न गर्ने गरी काम थाल्छन् । यसरी सरकारको ठुलो लागत रकम भएको योजनाको अनुगमन समेत हुदैन । अछामको सिमाक्षेत्रमा पर्ने बुढीगंगा नदी नियन्त्रणका लागि गत वर्ष मात्रै सु.प. प्रदेश सरकारबाट करिब १० करोड भन्दा बढी बजेट आएको देखिन्छ ।  

करोडौका योजनाहरु आएपनि बुढीगंगा नदी नियन्त्रणका लागि दिर्घकालिन योजना बन्न सकेको छैन । बर्षैपिच्छे संघीय तथा प्रदेश सरकारका मन्त्री तथा माननीयले यस क्षेत्रको निरिक्षण तथा भ्रमण गर्ने, तर यहाँको लागि काम केही नगर्ने गुनासो स्थानीयको छ ।

वर्षायाममा ठुलो पानी पर्दा नदी क्षेत्रका बासिन्दा त्रसित हुन्छन् । बुढीगंगा नदीको क्षेत्रभित्र पर्ने साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका र मंगलसेन नगरपालिकाका सैयौ परिवारहरुले यो नदीका कारण विस्तापित हुनुपर्ने अवस्था छ ।

अति उच्च जोखिममा रहेको साँफेबगर पुलबजार क्षेत्र, वैद्यनाथक्षेत्र, कोटसिमल, धारेजघार यी क्षेत्रहरुको अस्तित्व जोगाउन स्थानीय, प्रदेश तथा संघिय सरकारले आवस्यक पहल चालि यसको गुरु योजना नबनाउने हो भने यहाँका नागरिकहरुले ठुलो क्षती व्यहोनुपर्ने देखिन्छ । 

ad

धेरै पढिएका