ad

सामाजिक सुरक्षा भत्ता नलिने जेष्ठ नागरिक सम्मानित

अछाम- सामाजिक सुरक्षा भत्ता नलिने फुंगी साउद सम्मानित भएकी छन् । चाैरपाटी गाउँपालिका वडा नं. ३ डुंग्री बस्ने ७२ बर्षिया साउदले सरकारले दिने जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घाेषणा गरेकी हुन् ।
 
चाैरपाटी गाउपालिकामा साेमबार अायाेजित एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष भीम बहादुर साउँदले खादा, अविर, दाेसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए । 

वि.स. २०७२ सालमा श्रीमानकाे निधन भएपछि एकल जीवन विताई रहेकी साउदले आफुलाई बाख्रा पालन र कृषि खेतिपातीबाट खाना लाउन पुगिरहेकाे र पाखुरा चल्दासम्म सरकालाई भार नदिने अाफुलाई सहयाेग नचाहिने भन्दै सामाजिक सुरक्षा भत्ता नलिने घाेषणा गर्नु भयाे ।

वडा नं. ०३ का वडा अध्यक्ष विरेन्द्र कुमार साउदकाे अध्यक्षतामा भएकाे  सम्मान कार्यक्रममा प्रमुख अतिथी चाैरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउदले जेष्ठ नागरिक सामाजिक सुरक्षा नलिने  नमूना याेग्य कार्यका लागि धन्यवाद व्यक्त गर्दै दिर्घायूकाे कामना गर्नु भएकाे थियाे । अध्यक्ष साउदले सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीलाई समेत भत्ता वापतकाे रकम सहि सदुपयाेग गर्नु पर्नेमा जाेड दिनु भयाे ।

वडा सदस्य राजु देवि साउदले स्वागत मन्तब्य राख्नु भएकाे कार्यक्रमा विशिष्ठ अतिथी चाैरपाटी गाउँपालिका वडा नं. ७ का अध्यक्ष ललित बहादुर बाेगटी, शिक्षा अधिकृत रामचन्द्र जाेशी लगायतले मन्तव्य राख्नु भएकाे थियाे । 

कार्यक्रमकाे उदेश्य प्रस्तुत चाैरपाटी गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख कालू बाेहराले गर्नु भएकाे कार्यक्रमकाे सञ्चालन वडा सचिव लाल बहादुर साउदले गर्नु भएकाे थियाे ।

ad

धेरै पढिएका