ad

‎सेति लाेकमार्ग निर्माणकाे कामले बिस्तारै गति लिदै, सडक बन्नेमा स्थानीय अासावादी

‎सुदूरपश्चिमको समृद्धिसँग जोडिएको त्रिदेशिय सडक याेजना सेती लाेकमार्ग निर्माणकाे कामले गति लिन थालेकाे छ ।

‎आर्थिक वर्ष २०६५÷६६ सालबाट निर्माणकाे कार्य अघि बढेकाे लाेकमार्गकाे कामले गति लिन थालेपछि सडक मार्ग बन्ने अासा पलाएकाे हाे ।

‎तराई पहाड जाेड्ने याे द्रुत सडक मार्ग कैलालीकाे बाैनियाँ हुँदै अछामकाे साँफेबगर सम्म करिब १३३ किलाेमिटरकाे हुनेछ ।

‎डेढ दशक लामाे समय सम्म पनि याे लाेकमार्ग बन्न नसक्दा सुदुर पहाडका नागरिकहरुले प्रदेश राजधानी कैलाली पुग्न करिब १२ घण्टाकाे समय खर्चिन बाध्य छन् । याेे द्रुत मार्ग निर्माणमा ढिलासुस्ति हुदाँ करिब १३०/३५ किलोमिटर काे यात्रा हुने ठाउँमा करिब ३५० किलोमिटर काे यात्रा गर्न बाध्य भएकाे स्थानीय हिउदल के.सि. बताउछन ।

‎सुदूरपश्चिम प्रदेशको तराई र पहाड जाेड्ने याे महत्त्वपूर्ण  त्रिदेशिय सडक राजमार्ग हाे । याे सडक बनेपछि कैलाली, डाेटी, अछाम, बाजुरा र बझाङका नागरिकहरुकाे जिवनस्तर बढ्ने र यहाँका जनताकाे जिवनस्तरमामा समृद्धि ल्याउने पुर्व मेयर कुल बहादुर कुवरले बताए ।

‎भारतसँग जोडिएको कैलालीको टीकापुरस्थित तीकुने नाका हुँदै बौनिया, डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर देखि तिब्बतको ताक्लाकोटसम्म जोडिने यस्काे लक्ष्य रहेको छ।

‎नेपाल–भारत–चीन जोड्ने बहुउपयोगी यो सडककाे दक्षिणखण्डकाे काम धमाधम भैरहेकाे छ । विभिन्न जग्गा विवाद, बनकाे बिवाद र वातावरणीय अध्ययनका कारण डाेटी जिल्लाकाे क्षेत्रमा समस्या थियाे, अहिले बिवाद सुल्झिएपछि काम प्रकृयामा अगाडि बढिसकेकाे पुर्व मन्त्री मा. शेर बहादुर कुवँर ले बताए ।

‎राजमार्गकाे उत्तरीखण्ड अन्तरगत करिब ११० किलोमिटर सडकमा करिब ४० किलाेमिटर सडक ट्रयाक अाेपन भैसकेकाे र बाकी काम अगाडि बढिरहेकाले अबकाे करिब ४ बर्षभित्र उत्तर दक्षिण दुबै खण्डकाे ट्रयाक खाेलिने पुर्व मन्त्री मा. भानुभक्त जैशिले बताए।

‎राजमार्गको दक्षिणखण्ड अन्तर्गत अछाम तर्फ ८० किलोमिटर,  बाजुरामा १२ किलाेमिटर, डोटीमा ४० किलाेमिटर र कैलालीमा ७२ किलाेमिटर सहित २ सय ४ किलाेमिटर सडक खण्ड पर्दछ।

‎जसमध्ये अछामकाे ८० र  कैलालीकाे ७२ किलाेमिटर सहित १ सय ५२ किलाेमिटर ट्र्याक खोलिएको आयोजनाले जनाएको छ।

‎यस लोकमार्गमा आवश्यक १९ वटा प्रस्तावित पक्की पुलमध्ये ३ वटा पुलको निर्माण सम्पन्न भएका छन् भने एउटा पुल निर्माणाधीन अवस्थामा छ । त्यस्तै बाकि १५ वटा पुलकाे ठेक्का प्रकृया हुन सकेकाे छैन ।

‎याे अर्थिक बर्षमा राजमार्गकाे दक्षिण खण्डमा पुलकाे स्ट्रक्चर निर्माणका लागि १८ कराेड र सडक निर्माणमा २५ कराेट ५९ लाख रकम विनियोजन भएकाे थियाे ।

‎३ सय ५९ किलाेमिटर लम्बाई रहेकाे यस लाेकमार्गमा खण्डखण्ड गरी १२ वटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।

‎अाश्यक स्टक्चर सहित ५ किलाेमिटर कालाेपत्र र ६ किलाेमिटर ग्रावेलकाे काम याे आर्थिक वर्षमा सम्पन्न हुने र बजेटकाे सुनिश्चितता र बनकाे रुख कटान अादेश अाएपछि डाेटि क्षेत्रकाे ट्रयाक करिक २ वर्षमा अाेपन गरिने गरि कार्यालयले काम गरिरहेकाे सेती राजमार्ग दक्षिण खण्ड सडक याेजनाका सुचना अधिकारी ईन्जिनियर केशबदत्त मिश्रकाे भनाई छ ।

‎सेती लोकमार्ग निर्माण भएछि सुदूरपश्चिम प्रदेशको धार्मिक तथा पर्यटकिय क्षेत्रकाे विकासमा टेवा पुग्नेछ । यसले नेपालको चार धाममध्येको वैद्यनाथधाम, रामाराेशन क्षेत्र, खप्तड लगायत क्षेत्रको प्रवर्द्धन तथा पहुंँचमा सहयोग पुग्ने, पहाडी जिल्लाहरुकाे अार्थिक वृद्धिदर बढ्ने देखिन्छ ।

ad

धेरै पढिएका