ad

‎बैधनाथ काेटिहाेम स्मारिका २०८२ विमाेचन

‎वैधनाथ काेटिहाेम स्मारिका २०८२ को विमोचन गरिएको छ ।

‎वैधनाथधामलाई पर्यटकिय गन्तव्यका रुपमा स्थापित गराउने, गुरुकुल शिक्षाकाे सुदृढीकरण तथा बैधनाथ वेदविद्याश्रमलाई आयुर्वेद मा.वि. मा स्तराेन्नति तथा लाेक संस्कृतिकाे संरक्षण गर्ने उदेश्यले अायाेजना गरिएकाे वैधनाथ काेटिहाेम धर्म संस्कृति तथा पर्यटन प्रवर्द्धन-२०८० कार्यक्रमकाे स्मारिका विमाेचन गरिएकाे हाे ।

‎बुधबार वैधनाथधाममा अायाेजित एक कार्यक्रमका बिच पुर्व  उपप्रधान तथा रक्षामन्त्री डा. भीम रावलले स्मारिकाको विमोचन गरेका हुन् ।

‎कार्यक्रममा प्रमुख अतिथि रहनु भएका रावलले नेपालका विभिन्न ४ धामहरुमध्येकाे एक महत्त्वपूर्ण धाम बैधनाध पनि भएकाले यसकाे बिकास र संरक्षण गरि हाम्राे समग्र संस्कृतिकाे रक्षा, सम्बर्द्धन र अछाम जिल्लाकाे  धार्मिक पर्यटन र संस्कृतिसंग जाेडिएकाे भन्दै सबै मिलेर संरक्षणमा लाग्नुपर्ने बताए ।

‎उनले यश बैधनाधधामकाे भाैगाेलिक क्षेत्र बुढीगंगा नदिले कटान गरि साघुरिदै गएकाेले यसलाई जाेगाउन सबैले पहल कदमि चाल्नुपर्ने समेत बताए ।

‎कार्यक्रममा काेटिहाेमलाई सफल पार्न गठित विभिन्न उपसमितिहरुलाई सम्मानपत्र सहित सम्मान  गरिएकाे थियाे ।

‎कार्यक्रममा अछाम क्षेत्र नं १ बाट हालै निर्वाचित प्रतिनिधि सभा सदस्य भरत कुमार स्वार, पुर्व मन्त्री शेरबहादुर कुवर, पुर्व राज्यमन्त्री गाेविन्द बहादुर शाह, विभिन्न पालिकाका नगर प्रमुख तथा उपप्रमुख, विभिन्न उपसमितिका संयाेजक लगाएतकाे सहभागिता रहेकाे थियाे । 

ad

धेरै पढिएका