ad

भीरबाट खसेकाे ढुंगा लागेर वडा सदस्यकाे मृत्यु

२९ बैशाख २०८३

बाजुराको बुढीगंगा नगरपालिका–३ की वडा सदस्यकाे भिरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ। मंगलबार साँझ करिब साढे ५ बजेतिर ३७ वर्षीया कल्पना देवी थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले   जनाएको छ। उनी बुढीगंगा नगरपालिका वडा नं. ३ की महिला वडा सदस्य समेत रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय बाजुराले दिएकाे जानकारी अनुसार थापा वडा नं. ६ फालासैन बजारबाट घर फर्किने क्रममा माथिबाट अचानक खसेको ढुङ्गा लाग्दा पैदल बाटोबाट करिब ५० मिटर तल सडकमा खसेर घटनास्थलमै मृत्यु भएकाे बताएकाे छ ।   

घटनाबारे स्थानीयले टेलिफोन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुरालाई जानकारी गराएपछि प्रहरी चौकी बार्जुगाडबाट प्रहरीकाे घटनास्थल पुगेकाे छ ।

साथै जिल्ला प्रहरी कार्यालय बाजुराबाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली घटनास्थल तर्फ गएकाे जिल्ला  प्रहरी कार्यालय बाजुराले जनाएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरी कार्यालय बाजुराले जनाएको छ।

ad

धेरै पढिएका