१६ जेठ अछाम
अछामको पञ्चदेवल बिनायक न.पा–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा जीप दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ ।
दार्चुलादेखि जुम्ला जाँदैगरेको बा.प्र. ०१–०२७ च २२७७ नं. को जीप शुक्रबार बेलुका ६ :५० बजे थापामोडबाट करिब २०० मिटर तल कच्ची सडकमा खस्दा सवार चालक सहित पाँच जना घाइते भएका थिए ।
घाईतेमध्ये हेटाैडा उपमहानगरपालिका का ४१ वर्षिया नवीन तुलाधर र बर्दिया बासघारी ५ का ४५ वर्षिया राम प्रकाश थारुकाे उपचारकाे क्रममा सुर्खेत प्रादेशिक अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
अन्य घाइते सिराहा कल्याणपुर १० का २७ वर्षिय सन्त कुमार साह, स्याङ्जा जिल्ला फेदीखोला गा.पा.–४ का अर्जुन कुमार पौडेल, र बाँके जिल्ला नेपालगंज उपमहागरपालिका ५ बस्ने वर्ष २८ का राज राजेन्द्र भिमराज चट्टान गुप्ताकाे सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भैरहेकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।