ad

अछाममा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु दुई जना घाईते

२४ जेठ अछाम
अछामकाे कमलबजार नगरपालिका-७ कवालेखस्थित भित्री सडकखण्डमा जीप दुर्घटना हुदा १ जनाकाे मृत्यु भएकाे छ ।
मंगलसेनबाट कवाललेखतर्फ जाँदैगरेको से १ च ६१३ नं. को जीप शनिबार राति ९ बजे दुर्घटना भएकाे थियाे ।

उक्त जिपमा सवार ३ जना घाइते भएका थिए । जीप सडकबाट करिब २०० मिटर तल खसेकाे थियाे ।

गम्भीर घाईते भएका कमलबजार नगरपालिका  ७ का ३४ वर्षिया कर्ण भाटकाे उपचारकाे क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

अन्य घाइते कमलवजार नगरपालिका ७ का १३ वर्षिया मीन बहादुर भाट र साेहि ठाउका ३० वर्षिया बद्रि भाटकाे थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

फरार रहेका चालक तुर्माखाद गाउपालिका ३ का पुष्प बुढालाई अाईतबार विहान ५ बजे घटनास्थल नजिकैबाट नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

ad

धेरै पढिएका