३० जेठ- सशस्त्र प्रहरी बलको टोली बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा पुगेको छ ।
जेठ २७ गते लाम्पाटाको लागि हिँडेको सशस्त्र प्रहरी बलको टोली आज ३० गते शनिबार त्यहाँ पुगेको छ । केही दिन यता बाजुरा र हुम्लाको सिमा बिबादका कारण सो क्षेत्र अशान्त बन्दै गएको थियो । सिमा विवादले गर्दा केही दिन पहिले दुई जिल्लाका नागरिकहरुबिच झडपको अवस्था सिर्जना भएको थियो ।
सशस्त्रको प्रहरी निरीक्षकको कमाण्डमा टोली त्यहाँ खटिएको छ । लाम्पाटामा अस्थायी सुरक्षा बेश स्थापनाको तयारी गरिएको छ ।
अस्थायी सुरक्षा बेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय गर्ने सह(प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।