ad

कृष्णभीरमा सडक भासियाे मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध

‎धादिङ, भदौ १४ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

‎लगातारको वर्षा तथा बाढीका कारण सडकको ठूलो हिस्सा कटान भएर भासिएपछि दुवैतर्फबाट सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था नरहेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

‎सडक भासिएसँगै काठमाडौं र मुग्लिनतर्फ आवतजावत गर्ने सयौँ सवारीसाधन तथा हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्। सडकको अवस्था गम्भीर रहेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन केही समय लाग्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ।

‎यसैबीच, लगातारको वर्षाका कारण त्रिशूली तथा नारायणी नदीको जलसतह बढेको र राजमार्गका विभिन्न स्थानमा पहिरो तथा कटानको जोखिमसमेत बढेको बताइएको छ। प्रहरीले सडकको अवस्था सामान्य नहुँदासम्म जोखिम मोलेर यात्रा नगर्न यात्रु तथा चालकलाई आग्रह गरेको छ।

 

ad

धेरै पढिएका