भाद्र १८, काठमाडौं ।
बाढी तथा पहिरोले जनजीवन प्रभावित भइरहेका बेला अछामका युवाहरू राहत तथा मानवीय सहयोग अभियानमा जुटेका छन्।
युवाहरूको पहलमा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी नुवाकोटका बाढीपहिरो प्रभावित नागरिकलाई हस्तान्तरण गरिएको छ।
लाईफ लाइन अछामको नेतृत्वमा सिआईपी स्टडी एब्रोड एण्ड इमिग्रेसन प्रा.लि., जेएनके इन्टरप्राइजेज टिकाथली, कट्की चिया, रोहित मेमोरियल क्लब जयगढ र साँफेबगर युथ युनाइटेड क्लब लगायतको सहकार्यमा राहत संकलन गरिएको हो।
संकलित राहत सामग्री नुवाकोटको विदुरस्थित जिल्ला समन्वय समितिमार्फत प्रभावित नागरिकसम्म पुर्याइएको अभियानमा सहभागी युवा राज कुवरले बताएका छन्।
यस अभियान मार्फत संकलित रकमबाट थप ३० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत सहयोग गरिएको छ।
विपद्को समयमा पीडितको साथमा उभिनुपर्ने भन्दै युवाहरूले सबैलाई आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गर्न आग्रह समेत गरेका छन्।
अछामका युवाहरूले सञ्चालन गरेको यो अभियानले विपद्को समयमा सामाजिक उत्तरदायित्व र मानवीय सहयोगका लागि युवाशक्तिको सक्रियता देखाएको छ।
केही वर्षदेखि यी युवा समुहहरुले अछाम जिल्ला लगाएत देशका विभिन्न ठाउँहहरुमा रक्तदान कार्यक्रम , सरसफाई, खेलकुद लगाएत अन्य सामाजिक कार्य गर्दै अाएका छन् ।