ad

१५ वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएको मालिका पोलिक्लिनिक आफ्नै सुविधा सम्पन्न भवनमा

‎अछाम । साँफेबगर नगरपालिका–४ मा विगत १५ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको मालिका पोलिक्लिनिक प्रा.लि. ले आफ्नै नवनिर्मित सुविधासम्पन्न भवनबाट सेवा सुरु गरेको छ।

‎लामो समयदेखि भाडा तथा अन्य संरचनाबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको पोलिक्लिनिकले आवश्यक पूर्वाधारसहित आफ्नै भवन निर्माण सम्पन्न गरेपछि शुक्रबारदेखि नयाँ भवनबाट नियमित स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो।

‎नयाँ भवनबाट सेवा सञ्चालनमा आएसँगै बिरामीलाई थप सहज, व्यवस्थित र सुविधायुक्त वातावरणमा स्वास्थ्य सेवा उपलब्ध गराउन १ जना मेडिकल अधिकृत सहित ९ जना स्वास्थ्यकर्मीबाट सेवा दिईने पोलिक्लिनिकका सञ्चालक राम बहादुर भण्डारी ले बताएका छन् ।

‎नवनिर्मित भवनबाट सञ्चालनमा अाएकाे पाेलिक्लिनिककाे शुक्रबार साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले औपचारिक रूपमा उद्घाटन गरेका थिए । कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवर, वडा अध्यक्ष नवराज बुढा, सेतबहादुर कुवँर , एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवर, स्थानीयवासी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

‎कार्यक्रममा सहभागीहरूले साँफेबगरमा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सेवा दिँदै आएको पोलिक्लिनिकले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरी स्थानीयस्तरमै स्वास्थ्य सेवा विस्तार हुँदा सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म कम हुने बताए ।

‎पोलिक्लिनिकका सञ्चालक रामबहादुर भण्डारीले मालिका पोलिक्लिनिकले विगत १५ वर्षदेखि साँफेबगर तथा आसपासका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेकाेले पोलिक्लिनिकले अब आफ्नै भवनबाट सेवा सञ्चालन गरेसँगै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने लक्ष्य लिएको बताए । उनले नयाँ भवनबाट बिरामीलाई सहज वातावरणमा स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै आगामी दिनमा आवश्यकता अनुसार सेवा तथा सुविधालाई थप विस्तार गर्दै लैजाने बताए।

‎‎नयाँ भवनबाट सेवा सुरु गरेको अवसरमा पोलिक्लिनिकले बिरामीका लागि विशेष छुटसमेत घोषणा गरेको छ। सञ्चालक भण्डारीले शुक्रबार एक दिन पोलिक्लिनिकमा स्वास्थ्य सेवा लिन आउने बिरामीकाे उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले उद्घाटनको अवसरमा ३० प्रतिशत रकम छुट दिने व्यवस्था गरेकाे जानकारी दिए ।

‎पछिल्लो समय साँफेबगरमा स्वास्थ्य सेवाको माग बढ्दै गएको अवस्थामा निजी क्षेत्रबाट सञ्चालनमा रहेकाे मालिका पाेलिक्लिनिक प्रा.लि.ले करिब ६ कराेडकाे लागतमा पूर्वाधार विस्तार गरेसंगै दैनिक ५०/६० जना विरामीहरुलाई गुणस्तरीय  सेवा दिन सकिने अपेक्षा गरिएको छ।

‎स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा आएको पोलिक्लिनिकको नयाँ संरचनाले साँफेबगर नगरपालिका तथा आसपासका क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

ad

धेरै पढिएका