ad

‎नेपाली काङ्ग्रेस अछाम क्षेत्र नं. १ को आठौँ क्षेत्रीय अधिवेशन साँफेबगरमा सुरु

‎साँफेबगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत अछाम क्षेत्र नम्बर १ को आठौँ क्षेत्रीय अधिवेशन साँफेबगरमा सुरु भएको छ।
‎
‎नेपाली कांग्रेस क्षेत्र नं. १ का कार्यवाहक सभापति गणेश खड्काकाे अध्यक्षतामा भएकाे क्षेत्रीय अधिवेशन उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस पुर्व पार्टी सभापति तथा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय भरतकुमार स्वार प्रमुख अतिथिका रुपमा सहभागी भएका छन् ।
‎
‎त्यस्तै नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य अनुराधा स्वार र रुपा अाउजि विशिष्ट अतिथि रहेका छन् ।
‎

अधिवेशनमा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।
‎
‎अधिवेशनले क्षेत्रीय नेतृत्व चयन गर्नुका साथै पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन क्षेत्र नम्बर १ को आगामी संगठनात्मक गतिविधि र नेतृत्व निर्माणका विषयमा समेत छलफल हुने भएकाे छ ।
‎
‎अधिवेशनले निर्वाचन क्षेत्र  नं १, काे क्षेत्रिय कार्यसमिति र साेहि क्षेत्र अन्तरगतका प्रदेश सभा 'क' र 'ख' काे नेतृत्व तथा महाधिवेशन प्रतिनिधि चयन हुने छन ।
‎
‎अधिबेशन अाज देखि सुरु भई भाेलि सम्म चल्ने अायाेजक समितिले जनाएकाे छ ।

ad

धेरै पढिएका