साँफेबगर–२, कार्तिक
अछामको साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले विपन्न/असहाय बालबालिकालाई दशैं खर्च उपलब्ध गराएका छन्।
विहिवार नगरपालिकाका–१४ वटै वडाका आमाबुबा दुवै गुमाएका अभिभावक विहीन १८ जना बालबालिकाहरूलाई आफूले पाउने सेवा सुविधाबाट दशैं खर्च उपलब्ध गराएको बताएका हुन् । आफूले पाउने सेवा सुविधाबाट नगरका १८ जना बालबालिका प्रत्येकलाई २ हजार पाँच सयका दरले जम्मा ४५ हजार रकम आर्थिक सहयोग गरेको नगर प्रमुख कुँवरले बताए ।
आफूले सानैमा आमाबुवा गुमाएर अभिावक विहीन बनेको दुख व्यक्त गर्दै आफ्नो नगरभित्रका सहार विहिन बालबालिकाहरूलाई आफुले सुविधाबाट उनिहरुलाई अभिभावकको प्रत्याभूति दिलाउन दशैं खर्च सहयोग गरेको नगर प्रमुख कुँवरले बुढीगंगा न्यूजलाई जानकारी दिए।
त्यस्तै साँफेबगर नगरपालिका अन्र्तर्गत उद्यम विकास शाखा मेड्पा अन्र्तगत सोही बालबालिकाहरुलाई स्थानीय उत्पादन न्यानो लुगाहरु वितरण गरेको छ । चिसो मौसममा बालबालिकाहरुलाई सहयोग पुग्ने उदेश्यले आफ्नो शाखाले तयार गरेका स्थानीय लुगाहरु वितरण गरेको उद्यम विकास सहजकर्ता सितल खड्काले बताईन् ।
कार्यक्रममा नगर उपप्रमुख शिब बहादुर कुँवर, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता जोशी, उद्यम विकास सहजकर्ता सितल खड्का लगाएतको सहभागीता रहेको थियो ।