ad

साँफेबगर विमानस्थल सरसफाईको बजेट झ्वाम, रनवेमा झाडी बढी जालि नाघ्यो

२५ कार्तिक २०८०

नेपाल नागरिक उड्डयन कार्यालय अन्र्तगतको साँफेबगर विमानस्थलको धावनमार्ग वरिपरि पलाएका विरुवाहरु सरसफाई नहुँदा जहाज उडानमा समस्या आउने देखिएकोे छ । 

प्रत्येक वर्ष विमास्थलभित्र धावनमार्गमा पलाएको घास र विरुवाहरु सरसफाईका लागि क्षेत्रिय कार्यालय धनगढी अन्र्तगत लाखौँ बजेट विनियोजित गरिएको हुन्छ । बजेट आएपनि सरसफाईको काम भने हुन सकेको छैन ।

 साँफेबगर बिमानस्थलमा कार्यरत कार्यालय प्रमुखले स्थानीय महिलाहरुलाई सस्तो शुल्कमा झाडी काट्ने काममा लगाई बिल भौचर मिलाई ठुलो रकम भुक्तानी गरेको पाईन्छ । रनवे भित्रको घास स्थानीय महिलाहरुले बस्तुभाउलाई खुवाउन काटेपनि ठुलो विरुवा सरसफाई भने गरेका छैनन् ।

करिब ७०० मिटर लामो बिमानस्थलमा आवश्यकता अनुसार सरसफाईको बजेट आउछ । तर कार्यालय प्रमुखले सामान्य काम गरेर लाखौँ रकम झ्वाम पारेको देखिन्छ ।

नेपाल नागरिक उड्डयन कार्यालय धनगढीका लेखा शाखा प्रमुख पदम खड्काले भने “प्रत्येक वर्ष साँफेबगर विमानस्थलको लागि कार्यालय सञ्चालनको सम्पूर्ण बजेट यतैबाट जान्छ, यो पटक केहि महिना अघि सरसफाईमा पनि बजेट गएको थियो, आवश्यकता अनुसार बजेट पठाउनुपर्ने भएकाले यो पटक लेखाका कर्मचारीहरु फेरबदल हुँदा केही महिना ढिलो भएको र अब तुरुन्तै सरसफाईको काम गरिने उहाँले बताए ।”

द्धन्द्धकालमा ध्वस्त पारिएको विमानस्थल १७ वर्षपछि पुनः निर्माण भई २०७५ सालबाट नियमित सञ्चालनमा आएको छ । 

साँफेबगर विमानस्थलमा ४ वर्षयता निजी विमान कम्पनी समिट एयरले सातामा २ दिन साँफेबगर–धनगढी, साँफेबगर–नेपालगञ्ज आफ्नो नियमित उडान भरी सेवा दिदै आईरहेको छ । विमान कम्पनिलाई सानो धावनमार्गमा विरुवा बढेपछि उडानमा झनै समस्या थपिएको छ ।  

ad

धेरै पढिएका