कैलाली
८ मंसिर २०८०
राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदुरपश्चिम प्रदेश समितिकाे दाेस्राे प्रदेश अधिवेशन आईतबार कैलालीमा सम्पन्न भएको छ ।
कृषक समुह महासंघ नेपालका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा भएकाे कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री कैलाश चौधरी प्रमुख आतिथि रहनु भएकाे थियाे ।
कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सुदूरपश्चिमका कृषक तथा कृषक समुहहरुकाे लागि अावश्यक अनुदानकाे व्यवस्था र पहुँचकाे भरमा दिईने अनुदानलाई न्युनिकरण गरी वास्तविक कृषकले पाउनुपर्ने अनुदानका लागि प्रदेश सरकार लागिपर्ने बताउनु भयाे ।
साेहि कार्यक्रममा कैलालीमा खाद्य अधिकारको स्थानीयकरण किसानका सवाल विषय प्रदेश स्तरीय नितिगत सम्बाद कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
हालै सम्पन्न अधिवेशनबाट प्रकाश थापाकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
जसमा उपाध्यक्ष रन्जु भट्ट (कंचनपुर) ,सचिव हिरिण्ड कुँवर (अछाम) ,सह सचिव टीका नेपाली ( डोटी ) ,कोषाध्यक्ष लक्ष्मी गुरुङ (डडेल्धुरा ) लगायत अधिवेशनमा विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र विभिन्न जिल्लाका अगुवा कृषकहरुकाे सहभागिता रहेको राष्ट्रिय कृषक महासंघ नेपालका सुदुरपश्चिम समिति सचिव हिरिण्ड कुँवरले जानकारी दिनुभयो ।