ad

पद्मा लिंखा मगरको शब्दमा ’मन्द मन्द हावा’ सार्वजनिक

काठमाण्डौं ।

गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको ’मन्द मन्द हावा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा सिडी विजय अधिकारी र अस्मिता अधिकारीले स्वर दिएका छन ।

राज कुमार बगरको संगीत तथा राजु कार्की को संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।
दिपक गिरीको छायाँकन, विकाश दाहालको सम्पादन तथा जनक सिंहको निर्देशन भिडियोमा रहेको छ । ’मन्द मन्द हावा’ गीतको भिडियोमा सनम कठायत र स्मारिका ढकालको फिचरिङ रहेको छ ।

ad

धेरै पढिएका