ad

मानव अधिकार तथा शान्ती समाज अछाम द्वारा बिरोध प्रदर्शन

१७ चैत २०८०
मानव अधिकार तथा शान्ती समाज अछामले बिरोध प्रदर्शन गरेको छ।

मानव अधिकार कर्मिहरु सदरमुकाम मंगलसेनमा विभिन्न नारा लेखिएका पर्चा पम्पलेट ब्यानर सहित शान्तीपूर्ण प्रदर्शनमा देखिएका थिए ।

मानव अधिकार तथा शान्ती समाज अछामले मानव अधिकार बिरोधी गतिबिधि बिरुद्द यस प्रकारका कार्यक्रम पटक पटक गर्दै आएको छ । 

संक्रमणकालिन न्याय प्रक्रिया लाई राजनैतिक लेनदेनको बिषय नबनाई पहिले मानव अधिकारमैत्री बनाउन र सोही अनुरुप प्रक्रिया अगाडी बढाउन माग राखेका छ्न।

दन्द्दकालमा धोस्त पारिएको अछाम दरबार पुननिर्माणको काम दुई दशक  पुग्नै लाग्दा पनि पुननिर्माण सम्पन्न नहुनु लाजमर्दो रहेको बताएका छ्न। बिस्तृत शान्ती सम्झौता को मर्म अनुरुप मानव अधिकारको गम्भीर उल्लंघन र मानवता बिरुद्धको  अपराधमा संलग्नलाइ दण्डको सुनिश्चितता हुनु पर्ने माग राखेका छ्न।

मानव अधिकार तथा शान्ती समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीको जन्मदिनको अवसर पारी कार्यक्रमको आयोजना गरियको थियो।

मानव अधिकार तथा शान्ती समाजका निबर्तमान केन्द्रिय सचिब मदन बहादुर कुवर प्रमुख बक्ता तथा मानव अधिकार तथा शान्ती समाज अछाम शाखाका सभापति जय बहादुर बोगटीको अध्यक्षतामा कोण सभामा परिणत भएको कार्यक्रममा शान्ती समाजका पुर्ब सभापती शंकर रावल निबर्तमान सचिब तेजनारायण पौडेल, प्रेम भाट, मान बहादुर बुढा लगायत मानव अधिकार कर्मिहरुको सहभागिता रहेको थियो।

ad

धेरै पढिएका