ad

एसइई परीक्षामा ३.८२ जिपिए ल्याई जिल्लामा उत्कृष्ट भए विप्लभ

किण्डर गार्डेन एकेडेमी साँफेबगरका छात्र बिप्लभ कुँवर ३.८२ जिपिए हासिल गरि जिल्ला उत्कृष्ट भएका छन् । 

विहीबार परीक्षा नियन्त्रक कार्यालय सानोठिमीले सार्वजनिक गरेको एसइई परीक्षा २०८० मा कुँवरले ३.८२ जिपिए सहित उतकृष्ट भएका हुन ।

यस्तै बान्नीगढी जयगढ गा.पा.–६ दर्नाको ऐश्वर्य मा.वि.का छात्र हिमेश थापा ३.७२ जिपिए ल्याएर द्वितिय र साँफेबगर न.पा.–१३, बाब्लाको राष्ट्रिय मा.वि.का बैभव खनालले ३.७१ जिपिए ल्याएर तृतिय भएका छन् ।

परीक्षा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको एसइई परीक्षा २०८० मा अछाम जिल्लाबाट सहभागी ४ हजार ९ सय परीक्षार्थीहरु मध्ये सामान्यतर्फ १ हजार २ सय ९७ र प्राविधिक तर्फ १ सय १७ गरी जम्मा १ हजार ४ सय ४१ जना अर्थात २८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै सामान्य तर्फ ३ हजार ४ सय ४४ र प्राविधिक तर्फका ४२ जना अनुतिर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख अम्वादत्त जोशीले जानकारी दिनुभयो ।

ad

धेरै पढिएका