ad

पार्टीको विकल्प खाेज्ने अवस्थामा पुगेका रावल गृह जिल्ला  प्रवेश

भाद्र २४ अछाम

नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावल गृह जिल्ला अछाम पुगेका छन् । 

सोमबार साँझ अछाम पुगेका नेता रावललाई साँफेबगरमा एमालेका नेताहरूले स्वागत गरेका थिए । यतिबेला गृह जिल्ला अछाममा अायाेजित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन पुगेका रावलको जिल्ला भ्रमणलाई विशेष रूपमा हेरिएको छ । 

नेकपा एमाले अध्यक्ष केपि शर्मा अाेलिकाे व्यक्तिवादी प्रवृत्ति विरुद्ध लडाइ लड्दै राष्ट्र र राष्ट्रियताका लागि उभिदै अाएका रावल जिल्लामा प्रवेश हुदाँ एमालेमा हलचल ल्याएकाे छ ।  

नेकपा एमालेको लामाे राजनितीमा हाेमिएका रावलले जिल्लामा भेटघाटको क्रममा आफू निकट नेता कार्यकर्ताहरु सङ्ग आगामी राजनीति बारे छलफल गर्न सक्ने अटकल समेत गरिएको छ । 

रावल पक्षधरले उहांकाे जिल्ला भ्रमणलाई खुसीका साथ समर्थन गरेका छन् भने एमाले अध्यक्ष के पी शर्मा ओली पक्षका नेताहरू भने उहाकाे कार्यक्रममा सहभागी देखिएका छैनन् । 

एमाले पार्टी बिभाजन पश्चात रावलकाे खुट्टा उचाल्न मद्दत गर्ने नेताहरुले अहिले रावलसङ्ग काे दुरी बढाएका छन् । 

नेता रावल एमाले पार्टीको शक्तिशाली उपाध्यक्ष हुँदा उनको जिल्ला भ्रमणमा स्वागत गर्न चौखुट्टे पुग्ने नेताहरू यसपालि भने रावल चौखुट्टे पुग्दा साफेबगरबाटै भागेका छन् । 

सोमबार रावलको  अछाम पुग्ने समय सम्म साँफेबगरमा रहेका एमाले जिल्ला अध्यक्ष चन्द्र बोहरा रावल नपुग्दै साँफेबगरबाट मङ्गलसेन हानिएका थिए । 

सोमबार दिनभर साँफेबगरमा एक कार्यक्रममा सहभागी  रहेका बोहरा नेता रावल चौखुट्टे पुगेको खबर सुन्ना साथ मङ्गलसेन हिनेका हुन । उनी सङ्गै एमाले नेता तथा मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरापनी दिनभर साँफेबगर बसेर रावल नपुग्दै मङ्गलसेन कुदेका थिए  । 

यस विषयमा अध्यक्ष बोहराले रावल अछाम आउने कार्यक्रमबारे पार्टीमा जानकारी नभएको बताए । रावलको जिल्ला भ्रमणमा एमाले पार्टीले कुनैपनी कार्यक्रम आयोजना नगर्ने उनको भनाई छ । 

पार्टी अध्यक्ष बोहरा ओली निकट हुन । नेकपा विभाजनका समयमा पहिले रावलको पक्षमा रहेका बोहरा अन्ततः ओली पक्षबाट एमाले पार्टीको जिल्ला अध्यक्ष बनेका थिए । 

सोमबार साँझ साँफेबगर पुगेका नेता रावलले उपलब्ध कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गरेका छन् । उनले राष्ट्रिय हितका निम्ति आफ्नो लडाई जारी रहेको बताए ।

नेता  रावलले भोली मङ्गलवार बिहान गैर सरकारी संस्था वाक नेपालको २७ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्ने कार्य तालिका रहेको छ । 

त्यस्तै उनी मङ्गलवार दिउसो मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडालाई स्थानीय बाल मैत्री स्थानीय शासन घोषणा कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन् । 


नेकपा एमालेको चितवन महाधिवेशनमा के.पी.शर्मा ओलीसँग अध्यक्ष पदका प्रत्याशी रावल हाल पार्टीमा भूमिका विहीन छन् । 

पार्टीमा रावललाई उचित स्थान दिनुपर्ने माग उठ्दै आए पनि पार्टी नेतृत्वले बेवास्ता गर्दै आएको छ । 

पछिल्लो राजनीतिक घटनाक्रम र रावलको आगामी तयारीका विषयमा धारण बुझ्न प्रेस चौतारी नेपाल अछामले मङ्गलवार बिहान साँफेबगरमा पत्रकार भेटघाट कार्यक्रम समेत आयोजना गरिएको छ ।
 

ad

धेरै पढिएका