ad

सातौं साँफेबगर महोत्सव माघ ११ गतेबाट हुँदै

पाैष १२, साँफेबगर

सातौं साँफेबगर महोत्सव माघ ११ गतेबाट साँफेबगरमा  हुने भएकाे छ ।  

‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रर्वद्धन’ भन्ने मुल नाराका साथ महोत्वस सुरु हुन लागेको हो । लायन्स क्लव अफ साँफेबगरको विहिवार वसेको वैठकले माघ ११ गतेदेखि २० गतेसम्म महोत्सवको आयोजना गर्ने निर्णय गरेको लायन्स क्लवका कार्वाहक अध्यक्ष तेजबहादुर कुँवरले जानकारी दिनुभयो ।

जिल्लाको कला संस्कृति स्थानीय उत्पादनको प्रर्वद्धनको लागि महोत्सवको आयोजना हुन लागेको का.वा. अध्यक्ष कुँवरको भनाई रहेको छ ।

महोत्सवका माध्यमबाट स्थानीय तथा राष्ट्रिय स्तरमा उत्पादित दैनिक उपभोग्य एवं औद्योगिक बस्तुहरुको प्रर्वद्धनमा सहयोग पुग्ने, बजार विस्तार एवं नयाँ वस्तु उत्पादन गर्ने अवसर श्रृजना गर्ने उद्देश्य रहेको लायन्स क्लव अफ साफेबगरका संस्थापक अध्यक्ष भरत खड्काको भनाई रहेको छ ।

अघिल्लो वर्ष वयालपाटा अस्पतालमा व्लड वैंक स्थापना गर्ने उद्देश्य सहित महोत्सवको आयोजना गरिएको थियो । वयालपाटा अस्पतालमा व्लड वैंक स्थापनाको लागि लायन्स क्लब अफ साफेबगरकाे पहलमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वजेट छुट्याएको र व्लड वैंक स्थापनाको लागि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले चाँडै टेण्डर गर्ने तयारीमा रहेको लायन्स क्लव अफ साँफेबगर २०२३ का अध्यक्ष कृष्ण कुँवरले जानकारी दिनुभयो ।

ad

धेरै पढिएका